अर्थमन्त्री खतिवडासहित १९ जना राष्ट्रियसभाका सांसदको पदावधि सकियो

37

छिनछिन खबर
काठमाडौं– दुई वर्षे कार्यकाल भएका राष्ट्रियसभाका १९ सांसदको पदावधि सकिएको छ । उनीहरू मंगलबार दिउसो राष्ट्रियसभामा मन्तव्य राखेर बिदा हुँदैछन् । कार्यकाल सकिनेमा अर्थमन्त्री डा युवराज खतिवडा पनि छन् । अबदेखि उनी मन्त्रीमात्रै रहनेछन् । सांसद नहुँदा पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवन

पदावधि सकिनेमा प्रदेश १ बाट सरिता प्रसाईं, हरिशरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव, मुक्ता कुमारी यादव, प्रदेश ३ बाट बलरामप्रसाद बाँस्कोटा, धनकुमारी खतिवडा, गण्डकी प्रदेशबाट सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले, प्रदेश ५ बाट मीना बुढा, दुर्गाप्रसाद उपाध्याय, कर्णाली प्रदेशबाट युटोल तामाङ, कालीबहादुर मल्ल, सुदूरपश्चिम प्रदेशबाट बद्रीप्रसाद पाण्डे र कमलाकुमारी ओली छन् । त्यस्तै, खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर, वृषेशचन्द्रलालको पनि पदावधि सकिएको छ ।

पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नु पर्ने नियमअनुसार उनीहरुको ठाउँमा नयाँ सांसद निर्वा्चित भइसकेका छन् । ५९ जना सांसद रहेको राष्ट्रियसभामा प्रतिपक्षको उपस्थिति कमजोर हुने भएको छ । ाष्ट्रियसभाको निर्वाचनमा कांग्रेसले ७ सिट गुमाएको छ । यसअघिका १३ मध्ये ६ जनामात्रै सभामा रहने छन् । यसैगरी राजपाका २ र समाजवादीको एक जना सांसद गरी ९ जना प्रतिपक्षमा रहने छन् । सत्तापक्षले भने सिट संख्या बढाएर ४७ जना पु‍¥याएको छ ।

Womui
Womui