केही दिन विदेश नजानुस्ः परराष्ट्र मन्त्रालय

30

छिनछिन खबर
काठमाडौं– सरकारले केही दिन बिदेश भ्रमण नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले यात्रा चेतावनी जारी गरेको हो । सरकारले विदेश भ्रमणको योजना नबनाउन देशबासीलाई अपील गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । सरकारले वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न पनि अपिल गरेको छ।


त्यस्तै नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न पनि सूचना जारी गरेको छ । प्राधिकरणले विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ बन्द भएको जनाएको छ ।

Womui
Womui