मिसनमा निस्केको पत्रकार महासंघ टोली बाँकेमा

29

छिनछिन खबर
नेपालगन्ज, भदौ १२
नेपाल पत्रकार महासंघको एक मिसन टोली शनिबार नेपालगन्ज आइपुगेको छ । बाँके, कैलाली लगायत जिल्लाको समसामयिक अवस्था बुझ्न महासचिव उजिर मगरको नेतृत्वमा टोली आइपुगेको हो । उक्त टोलीले शनिबार नेपालगन्जका पत्रकारसँग समसामयिक अवस्थाबारे छलफल ग¥यो । 1सो अवसरमा बोल्दै महासचिव उजिर मगरले परिस्थितीको सम्वेदनशिलतालाई बुझेर पत्रकारले समाचार सम्प्रेशन गर्नुपर्ने बताए । उनले पत्रकारिता गरेकै कारण कुनैपनि पत्रकारको व्यवसायिकतामा ठेस लाग्न नदिने प्रतिवद्धता जनाए । यस्तै महासंघका कोषाध्यक्ष सुर्यमणि गौतमले विभिन्न माग राख्दै भएका आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मीको दोहोरो चपेटामा पत्रकार हुने गरेकोमा दुःख व्यक्त गरे । ‘आन्दोलनका बेला कसैलेपनि सञ्चार माध्यम र सञ्चारकर्मीलाई टार्गेटमा राख्नु हुदैन, र समाचार संकलन गर्दा पत्रकारपनि संवेदनशिल र चनाखो रहनुुपर्छ,’ उनले भने ।  2

पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, पुर्व केन्द्रिय सदस्य जनक नेपाल, महासंघ बाँकेका निर्वतमान अध्यक्ष शुक्रऋषि चौलागाई, पुर्व अध्यक्ष निरज गौतम लगायतले सुझाव दिएका थिए, भने नेपालगन्जमा जारी मधेसी मोर्चाको आन्दोलनका क्रममा प्रहरीबाट कुटाई खाएका पत्रकार आशिष गुप्ता र आरिफ अन्सारी तथा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताबाट धम्कि र दुव्र्यबहार खेपेका पत्रकार कृष्ण खनाल, अमृता केसी, आलम खान, भगतराम थारु, लगायतले आफ्नो भोगाई सुनाए । 3

मिसन टोली आइतबार कैलालीको टिकापुर प्रस्थान गर्ने टोलीमा सहभागि केन्द्रिय सदस्य माधव दुलालले जानकारी दिएका छन् । महासचिव उजिर मगरको नेतृत्वमा आएको टोलीमा कोषाध्यक्ष सुर्यमणि गौतम, केन्द्रिय सदस्यद्धय माधव दुलाल र लक्की चौधरी तथा केन्द्रिय पार्षद डण्ड गुरुङ सहभागि रहेका छन् ।

Womui
Womui