साल्ट ट्रेडिङले मल बाँड्यो–(फोटो सहित)

39

छिनछिन खबर
नेपालगन्ज, भदौ १२
साल्ट ट्रेडिङले शनिबार बाँकेका सहकारी संस्थालाई मल विक्री, वितरण गरेको छ । किसानले मल नपाइरहेको अवस्थामा ३ हजार ३ सय ५५ बोरी युरिया मल साल्ट ट्रेडिङले आफ्नो गोदाममा लुकाएर राखेको थियो । मलको विषयमा समाचार सार्वजनिक भएपछि शनिबार दिउँसो सहकारी संस्थालाई बोलाएर मल वितरण गरेको हो ।

मल ढुवानी गरिएको ट्याक्टर ।
मल ढुवानी गरिएको ट्याक्टर ।

किसानलाई रासायनिक मल विक्री, वितरण गर्न सरकारले कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङलाई मात्र अधिकार दिएको छ । बन्दका कारण कृषि सामाग्री कम्पनीको मल भैरहवामा रोकिएको छ, भने साल्ट ट्रेडिङले किसानलाई नदिएरै गोदाममा मल राख्दै आएको थियो । शनिबार दिनभर साल्ट ट्रेडिङकार्यालय परिसरमा सहकारी सञ्चालकको ठुलो भिड लाग्यो । यता साल्ट ट्रेडिङ नेपालगन्जका सहायक प्रमुख धिरेन्द्र श्रेष्ठले यसअघि किसानलाई मल दिन नसकेको स्वीकार गर्दै एउटा सहकारीलाई ५० बोराका दरले मल बाँडेको जानकारी दिए ।

मल लिन साल्ट ट्रेडिङमा पुगेका सहकारी सञ्चालक ।
मल लिन साल्ट ट्रेडिङमा पुगेका सहकारी सञ्चालक ।

c

मल ढुवानी गर्न भनि लाईन लागेका ट्याक्टर ।

Womui
Womui