स्ववियू चुनाव स्थगित

107

छिनछिन खबर
काठमाडौं– स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको हो । त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरले बिज्ञप्ति मार्फत स्ववियू चुनाव स्थगित भएको जानकारी दिएका छन् । त्रिविले यसअघि क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो ।

Womui
Womui