डिजिटल नेपाल बनाउने महाभियानमा छौँः प्रधानमन्त्री

132

छिनछिन खबर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल बनाउने महाअभियानमा लागेको बताएका छन् । उनले धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सरकार महिला र पिछडिएका समयुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताए । उनले हाल ८८ प्रतिशतभन्दा बढी जनतामा विद्युत् पहुँच पुगिसकेको उल्लेख गर्दै अबको दुई वर्ष्भित्र बाँकी १२ प्रतिशतलाई विद्युत् सेवा पु¥याइसक्ने र स्मार्ट मिटर जडान गरिसक्ने बताए ।

प्रधानमन्त्री ओलीले भक्तपुर–बनेपा–धुलिखेल सडकलाई चौडा पार्ने काम थालिने पनि जानकारी दिए । उनले कोटेश्वरको जाम हटाउन ‘अण्डरग्राउण्ड रोड’ बनाइने जानकारी पनि दिए । प्रधानमन्त्री ओलीले काठमाडौँमा टेलिफोनका तार जमीनमुनिबाट पाइपबाट लैजाने कामको शुरुआत भएको उल्लेख गरे ।

Womui
Womui