सेयर बजारमा नयाँ रेकर्ड, २ अर्ब ६८ करोडको कारोबार

147

छिनछिन खबर
काठमाडौं– सेयर बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । सोमबार एकैदिन दुई अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । १७५ कम्पनीको सो मात्राको सेयर किनबेच भएको हो ।

यसअघि १४ फेब्रअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । साढे दुई अर्ब बढी कारोबार भएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको १२ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको ११ करोड २१ लाख, हिमालयन डिष्टिलरीको १० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उछाल देखिएको छ । सो दिनको नेप्से ३४.२६ अंकले बढेर १३९८.२४ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५१ प्रतिशतले बढी हो ।

Womui
Womui