यी हुन् दोस्रो नेपालगन्ज महोत्सवमा आउने चर्चित कलाकारहरु

35

छिनछिन खबर
नेपालगन्ज– एजी सर्भिस प्रालिको आयोजनामा नेपालगन्जमा हुन गइरहेको “एजी सर्भिस प्रालिको आयोजनामा नेपालगन्जमा हुन गइरहेको “दोस्रो नेपालगन्ज महोत्सव २०७६”को लागि कलाकारहरु फाइनल गरिएको छ ।

सोमबार आयोजक नेपालगन्जमा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी तिव्र पारिएको र महोत्सवमा आउने कलाकारहरुको नाम फाइनल भएको औपचारिक जानकारी दिएको हो । आयोजकका अनुसार महोत्सवमा रेखा थापा,कमला घिमिरे,भिटेन, पल शाह, पुजा शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, ज्योति मगर, चन्द्र शर्मा, सुनिल गिरी,गोपाल नेपाल जिएम, अन्जली अधिकारी, टीका सानु, सिर्जु अधिकारी,जिक्री पाँडे, आरुसी मगर, सावित्री प्रीति, भुपेन्द्र राना, बल्छी धुर्बे, रमेश कठायत, एमटी महर, शोभित बस्नेत,मिस्टर आर्र्जे, चक्र बम,दुर्गा भट्, लिला वली,लगायतका कलाकारहरु आउने छन।

महोत्सव मार्फत पर्यटन वर्ष २०२० लाई सफल बनाउँन निकै ठूलो भुमिका खेल्ने आकर्षक राखेको आयोजकले जनाएको छ । महोत्सवलाई २ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र ३ सय बढी स्टल रहने पनि आयोजकले जनाएको छ ।

“समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यहीँ फागुन २१ गतेदेखि चैत २ गतेसम्म सन्चालन हुने महोत्सव स्थल यतिबेला तयार भइरहेको एजी सर्भिसका अध्यक्ष नन्द बहादुर बुढाले जानकारी दिए । नेपालगन्ज स्थित वाटरपार्कमा सन्चालन हुने महोत्सवको सचिवालय पनि स्थापना गरिएको छ । गत सालको पहिलो महोत्सवको सफलतापछि उत्साहित आयोजक टिमले यस पटक दिउँसोको कार्यक्रम पश्चात् रात्रीकालिन कार्यक्रम पनि सन्चालन गर्नेछ । रातीकालिन कार्यक्रम १० बजेसम्म संन्चालन हुनेछ । २०७६”को लागि कलाकारहरु फाइनल गरिएको छ ।

Womui
Womui