रुकुमको मुसीकोटमा २५ औँ जनयुद्ध दिवसको अवसरमा सहिद स्मृति पार्ककोसमुद्घाटन 

317

छिनछिन खबर
पश्चिम रुकुम, फगुन १ । पश्चिम रुकुमको मुसीकोटमा तत्कालीन माओवादी जनयुद्धका क्रममा ‘सहिद’ बनेकाहरुको सम्झनामा पार्कको निर्माण गरिएको छ । मुसीकोट नगरपालिका ५ स्थित सेरीगाउँमा करीब ७ रोपनी क्षेत्रफलमा पार्क बनेको छ ।  संघीय संसद् क्षेत्र विकास कोषको करिब २ करोड रुपैयाँको लागतमा सो पार्क निर्माण गरिएको हो । बिहीबार २५ औँ जनयुद्ध दिवसको अवसरमा समुद्घाटन गरिएको छ ।

पश्चिम रुकुमका निर्वा्चित सांसद तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभावकर’, रुकुममा कम्युनिस्ट पार्टी स्थापनामा योगदान पुर्याउने बासुदेव गौतम, रुकुम कम्युनिस्ट पार्टीका संस्थापक सदस्य ध्रुव मल्ल र तारा प्रसाद घर्तीले सो पार्कको संयुक्तरुपमा उद्घाटन गरेका हुन् । जनयुद्धको ऐतिहासिक प्रक्रियामा राष्ट्र र जनताको लागि आफ्नो ज्यानको बलिदान दिने सहिदहरुको सम्झनामा पार्कको निर्माण गरिएको नेता जनार्दन शर्माले बताए ।

रुकुमबाट सहिद हुनेहरुको नामावलीका साथै युद्ध स्मारक पनि निर्माण गरिएको छ । यस्तै स्मृति भवन वरपर जिल्लाका सहिदका फोटो राखिएको छ । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा बढी प्रभावित जिल्ला मानिने रुकुममा ५२५ भन्दा बढीले ज्यान गुमाएका थिए ।

Womui
Womui