स्कुटर र बस ठोक्किदा अभिनेत्री महिमा सिलवाल र उनकी बहिनीको निधन

124

छिनछिन खबर
धादिङ, फागुन १ । स्कुटर दुर्घटनामा परि नेपाली सिनेमाकी अभिनेत्री महिमा सिलवाल र उनकी बहिनीको निधन भएको छ । महिमाका दिदी बहिनी काठमाडौंबाट चितवन जानेक्रममा थिए । महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर र भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा उनको निधन भएको धादिङका प्रहरीले जानकारी दिए ।

घटना बुधबार साँझ ५ बजेर ४५ मिनेटमा गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा घटेको हो । महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको हो भने बहिनीको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा निधन भएको हो । प्रहरीका अनुसार घुम्ती क्रस गर्ने क्रममा स्कुटी र बस एकआपसमा ठोक्किएर घटना भएको थियो । बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धादिङ प्रहरीले जनाएको छ । महिमा भरतपुर महानगरपालिका–१२ शिवनगरकी स्थायी बासिन्दा हुन् ।

Womui
Womui