सेनाको छुट्टै गुप्तचर, सैनिक ऐन संशोधन गर्न संसदमा विधेयक दर्ता

90

छिनछिन खबर
काठमाडौं– अब नेपाली सेनामा छुट्टै गुप्तचर निकाय रहने भएको छ । यसका लागि सरकारले सैनिक ऐन संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गरेको छ । रक्षा मन्त्रालयका अनुसार सैनिक ऐन २०६३ को दफा १४३ मा संशोधन गरिनेछ । उपदफा २ को खण्ड (ढ) मा यस्तो संशोधन प्रस्ताव गरिएको छ ।

‘इन्टेलिजेन्स सेवा गठन तथा सञ्चालनसम्बन्धी विषय तथा इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्डबाट खर्च भएको रकम र भइपरी आउने कामको लागि भएको खर्च रकम मिन्हासम्बन्धी विषयमा’, प्रस्ताव छ । अघिल्लो व्यवस्थामा इन्टेलिजेन्स सेवा गठन तथा सञ्चालनसम्बन्धी विषय थप गरिएको हो । यो विधेयकका प्रस्तुतकर्ता मन्त्री ईश्वर पोखरेल छन् ।

Womui
Womui