जुगल गाउँपालिकामा एकै पटक धेरै मानिसहरूमा ज्वरो रूघाखोकी देखिएपछि कोरोनाभाइरसको त्रास

28

छिनछिन खबर
कामाडौ, माघ २९ । यतिबेला चीनलगायत विश्वभर नोवेल कोरोनाभइरसको आतङ्क फैलिरहेका बेला सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा एकैपटक धेरै स्थानीय विरामी भएपछि त्यहाँका वासिन्दामा सोही रोगको संक्रमण त्यहाँ पनि देखिएको हो कि भन्ने त्रास फैलिएको छ ।

जुगल गाउँपालिकामा कोरोनाभाइरस लागेका बिरामीमा देखिने जस्ता लक्षणहरू भएका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन् । उनका अनुसार मङ्गलबार बेलुकासम्म २०१ जना विरामी परेका छन् । ती मध्ये १० जनाको स्वास्थ्यमा बुधबार विहानदेखि केही सुधार आएको उपाध्यक्ष तामाङको भनाइ छ । माघ २३ गतेबाट स्थानीयहरुमा रुघाखोकी र ज्वरो आउन सुरु गरेको र २८ गतेसम्म पुग्दा त्यो संख्या बढेर २ सय नाघेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार उक्त वडामा मङ्गलबारै स्थानीय स्वास्थ्य चौकीबाट चिकित्सकहरुको टोली पुगेको र बुधबार जिल्ला जनस्वास्थ्य कार्यलयबाट थप चिकित्सकहरुको टोली पुग्दैछ । सर्वसाधारणहरु ठूलो संख्यामा एकै किसिमको लक्षणसहित विरामी परेपछि जुगल गाउँपालिकाले मंगलबार एक जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेख्दै विशेषज्ञहरुको टोली पठाइदिन आग्रह गरेको छ ।

Womui
Womui