प्रहरीद्वारा गायिका आस्था राउत पक्राउ

40

छिनछिन खबर
काठमाडौं– गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विमनस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । आफन्तमार्फत प्रहरी परिसर काठमाडौं पुगेको बेला राउतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


मेडिकल चेकजाँपछि आस्थलाई म्याद थप गरिने काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक एसपी अशोक सिंहले जानकारी दिए । करिब दुई साताअघि एक कार्यक्रमका लागि भारतको सिक्किम जाने क्रममा विमानस्थलमा आफूमाथि अपमान भएको भन्दै सामाजिक सञ्जालमार्फत उनले प्रहरीमाथि गाली गरेकी थिइन् ।

ड्युटीमा बसेकी प्रहरीले बिनाकारण गालीबेइज्जती गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि आस्था त्यसयता भारतबाट फर्केकी थिइनन् । काठमाडौं फर्केलगत्तै उनका आफन्तले प्रहरी परिसर लगेका थिए ।

Womui
Womui