नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा मन्सुरी निर्वाचित

177

नेपालगन्ज, माघ १२-
नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा अब्दुल वाहिद मन्सुरी चुन्ना विजयी भएका छन् । आगामी तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा चुन्नाले प्रतिद्धन्द्धी ललित कुमार रौनियारलाई पराजित गरेका हुन् । आइतबार अबेर राती सम्पन्न मत गणनाको अन्तिम परिणामबाट मन्सुरी निर्वाचित भए ।

त्यस्तै उद्योग उपाध्यक्षमा समावेशी प्यानलका आदेश कुमार अग्रवाल र बाणिज्य उपाध्यक्षमा साझा प्रजातान्त्रिक प्यानलका अमितकुमार बस्नेत विजयी भएका छन् । अग्रवालले साझा प्रजातान्त्रिकका तपेन्द्र बिक्रम शाहलाई र बस्नेतले समावेशी प्यानलका ज्ञानेन्द्र श्रेष्ठलाई पराजित गरे ।

त्यस्तै सदस्यहरुमा समावेशी प्यानलबाट हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी(बासु), मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी र भिम बहादुर रानाभाट तथा साझा प्रजातान्त्रिक प्यानलबाट टंकप्रसाद शर्मा, बिन्दु चर्ती मगर, बिष्णु प्रसाद श्रेष्ठ र टेकबहादुर खड्का विजयी भएका छन् । यसैगरी एशोसियट सदस्यतर्फ साझा प्रजातान्त्रिक प्यानलबाट संजय अग्रवाल र समावेशीबाट दिपेन्द्र बिष्ट तथा बस्तुगततर्फ साझा प्रजातान्त्रिकका सलाउद्दिन जसगढ विजयी भएको निर्वाचन समितिले जनाएको छ । संघमा समावेशी प्यानलले आफ्नो स्पष्ट बहुमत पुर्याएको छ ।

Womui
Womui