जनप्रतिनिधि नै जुवाखालमा, २२ लाखसहित पक्राउ

106

छिनछिन खबर
धनगढी– गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही जुवाखालबाट पक्राउ परेका छन् । १६ जना जुवाडे सहित शाहीलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले प्रक्राउ गरेको हो ।

उनीसँग प्रहरीले २२ लाख ८२ हजार रुपैयाँ पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरिएको बताए । केही व्यक्ति अझै पक्राउ गर्न बाँकी रहेकाले त्यसपछि मात्रै पूर्ण विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

Womui
Womui