बिरामी बोक्ने सरकारी एम्बुलेन्समा गाँजा

87

छिनछिन खबर
काठमाडौं–बिरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करी गरेपछि चालक प्रहरी फन्दामा परेका छन् । हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स र चालक नियन्त्रणमा परेका छन् ।

मकवानपुर प्रहरीका अनुसार बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेको हो । सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको छ ।

पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका–९ का मोहम्मद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन् । उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ । एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा फेला परेको थियो ।

Womui
Womui