नवनिर्वाचित सभामुख सापकोटा भन्छन्– लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम गर्छु

छिनछिन खबर
काठमाडौं– संघीय संसद्को प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्ने बताएका छन् । उनले जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सभामुख चयन भएपछि पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने बताए । सर्वोच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन् ।

प्रतिक्रिया दिनुहोस्