नेपाल एयरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

34

छिनछिन खबर
काठमाडौं–नेपाल एयरलाइन्सका २५ पाइलटले सामूहिक राजिनामा दिएका छन् । सेवा सुविधामा विभेद गरिएको भन्दै ती पाइलटले व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन् । ती पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै राजीनामा दिएको सम्बद्ध स्रोतले जनायो ।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा विभेद गरिएको भन्दै तीन महिनाको समयसीमा दिँदै राजीनामा दिएको पाइलटले बताए । विदेशी पाइलटले मासिक १५ लाख रुपैयाँ तलब पाउँछन् भने नेपालीले चार लाख रुपैयाँ तलब पाउने गर्छन् । निगमका बाँकी १५ जना पाइलटले पनि राजीनामा दिने तयारी गरेको बताइएको छ ।

विदेशी पाइलटले पाउने तलबको कर समेत नेपाल एयरलाइन्सले तिरिदिने गरी सुविधा दिएको छ । पाइलटहरुले व्यवस्थापनलाई तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने विकल्प दिएका छन् ।

Womui
Womui