अग्नि सापकोटालाई पक्राउको माग गर्दै सर्वोच्चमा रिट दायर

180

छिनछिन खबर
काठमाडौं– संघीय ससंद्को प्रतिनिधि सभाका सभामुखका उम्मेदबार अग्नि सापकोटालाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दायर भएको छ । सापकोटालाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध रिट दायर गरेका हुन् ।

सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामा हत्या अभियोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । उक्त मुद्दाको पेसी माघ २२ गते तोकिएको छ । फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उमेदवार रहेको भन्दै निर्वाचन प्रक्रिया रोक्ने आदेश समेत रिटमा माग गरिएको छ । सापकोटालाई सभामुखमा निर्वाचित नगर्न र तत्काल गिरफ्तार गर्न पनि रिटमा माग गरिएको छ ।

Womui
Womui