अस्थायी पुर्जा वितरण

146

छिनछिन खबर

अस्थायी पुर्जा वितरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणा ।

नेपालगन्ज २७– वाटरपार्क जग्गा एकीकरण परियोजना अन्तर्गतका जग्गाधनीलाई आइतबार अस्थायी लालपुर्जा वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा नगर विकास समितिका अध्यक्ष डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले आइतबार अस्थायी पुर्जा वितरण गरेका हुन् । पहिलो चरणमा १८७ जनालाई अस्थायी पुर्जा वितरण गरिएको हो ।
७५४ जग्गाधनीमध्ये सबैलाई तत्काल अस्थायी पुर्जा दिएर स्थायी पुर्जा वितरण गरिने जनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ र १८ को बीचमा पर्ने वाटरपार्क जग्गा एकीकरण परियोजनाअन्तर्गत ६५ विघा जग्गा रहेको छ । जग्गाको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा झण्डै डेढ करोड रुपैयाँसम्म प्रारम्भिक मूल्य तोकिएको छ ।

तस्बिरः सामाजिक सञ्जाल

Womui
Womui