उद्योग वाणिज्य संघको चुनावमा होमिएका दुई समूहबीच आरोप प्रत्यारोप

182

छिनछिन खबर

नेपालगन्ज २७– आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह र समावेशी प्यानलबीच आरोप प्रत्यारोप लगाउँदै प्रेस विज्ञप्ति निकालिएको छ । संघको आगामी नेतृत्व हत्याउनका लागि यस्तो माहोल श्रृजना भएको आम वुद्धिजीवीको भनाइ रहेको छ ।
अब्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्वमा रहेको समावेशी प्यानलले नियोजित रूपमा आक्रमण भइरहेको भन्दै प्रेस विज्ञप्ति निकालेको छ भने साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले पनि प्रेस विज्ञप्तिमार्फत् परिचय–पत्रमा धाँधली गरेको आरोप लगाएको छ ।
समावेशी प्यानलले निर्वाचन आचारसंहिता विपरीत मतदाता परिचयपत्र लगेको आरोप लगाउँदै ‘ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह चुनावी अभियानअन्तर्गत प्रचार–प्रसारमा व्यस्त रहेको अवस्थामा अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समूहले निर्वाचन आचारसंहिताविपरीत मतदाता परिचय–पत्र कब्जा गरेको विज्ञप्तिमा उल्लेख छ । मतदाताको वैयक्तिक अधिकार हनन तथा चुनावी वातावरणलाई असहज बनाउने कुत्सित नियतबाट उत्प्रेरित भएको रूपमा लिएका छौं र हामी यस कार्यको घोर निन्दा गर्दछौं,’ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनसम्बन्धी नियमावली, २०७६ को परिच्छेद ६ को दफा १३ विविधको ‘ढ’ मा परिचय–पत्र लिन मतदाता स्वयम् उपस्थित हुनु पर्ने उल्लेख छ । मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोरा बुहारी, बाबु आमाको मन्जुरीनामा पेश गरी परिचय–पत्र लिन सकिने स्पष्ट उल्लेख हुँदाहँुदै पनि अध्यक्ष प्रत्याशी चुन्ना समूहका सदस्य पदका उम्मेदवार चिरञ्जीवी ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृत सिंह चौधरीले हस्ताक्षर गरेर सयौं परिचय–पत्र एकमुष्ट लिएर गएको कार्यबाट निर्वाचन निष्पक्ष हुने विषयमा सशंकित बनाएको उम्मेदवार छनोट समितिका संयोजक गोपाल अधिकारीले बताए ।
यसअघि वितरण गरिएका सम्पूर्ण मतदाता परिचय–पत्र रद्द गरी नयाँ परिचय–पत्र तयार गरेर निर्वाचन नियमावलीमा व्यवस्था भएअनुरुप नै वितरण गर्नुपर्ने साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको रहेको छ ।


त्यस्तै मतदातामा भ्रम छरेर अनेक मुद्दा बनाई समावेशी प्यानलविरुद्ध मतदाता भड्काउने कार्य साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले गरेको आरोप प्यानलका निर्वाचन परिचालन समिति संयोजक ईश्वर पोख्रेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘ उद्योगी, व्यवसायीले हाम्रा उम्मेदवारप्रति देखाएको अपार साथ र समर्थन दिनानुदिन बढ्दो क्रममा रहेको छ । समावेशी प्यानल नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाच स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न होस् भन्नेमा हामी दृढ छौं । निर्वाचन आचारसंहिता पालना गर्न समावेशी प्यानल प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ,‘ समावेशी प्यानलप्रति प्रति बढ्दो उत्साह र समर्थनबाट अत्तालिएर नियोजित रूपमा प्रहार हुन थालेकोप्रति आफूहरुको ध्यानार्कषण भएको उल्लेख गर्दै मतदाता परिचयपत्रको विषयमा अनावश्यक रुपमा जोडिएको बताइएको छ । मतदाता परिचय पत्र वितरणको कार्य विशुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघको आन्तरिक काम भएकाले नियोजित रूपमा समावेशी प्यानललाई नजोड्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गर्दछौं ।’

Womui
Womui