पत्नीलाई अर्कैको अंगालोमा देखेपछि…

96

रुपन्देही–रुपन्देहीको सियारी गाउँपालिका–३ का सनी कुमालको ९ वर्षअघि तिलोत्तमा नगरपालिकाकी कान्छी सुवेदीसँग सात वर्षअघि भेट भयो । स्थानीय कारखानामा काम गर्दै आएका सनीको कान्छीसँगको चिनजान माया प्रेममा परिणत भयो । चिनजानपछि भेटघाट निकै बाक्लिँदै गयो ।

उनीहरु भैंसी चराउने निउमा दिनभर एक अर्कासँगै बस्न थाले । एक अर्कासँग छुट्टिनै नसक्ने भएकाले विवाह गगर्ने निधो गरे । र घरबाट भागेर दुवैले विवाह गरे । विवाह गरेको दुई वर्षसम्म त दुवैबीचमा कुनै समस्या थिएन । तर छोरा जन्मिएको करिब डेढ वर्षपपछि दुवैबीच विवाद हुन थाल्यो । सँधै पारिवारिक कलहबाट दिक्क भएका सनी छोरा र श्रीमतिको माया मारेर भारत छिरे । भारतमा गएपछि उनी सात वर्षसम्म कसैको सम्पर्कमा आएनन् ।

कान्छी भने छोरालाई लिएर माइतीमा बस्दै आएकी थिइन् । तर एक्कासी घर फर्किए । ‘सात वर्षसम्म चेन्नइमा बसँे, छोरा र श्रीमतिको माया लागेपछि घर फर्किएँ’ सनीले भने, ‘पहिलो दिन नै सासूसँग कुराकानी गरेर श्रीमती पठाइदिन अनुरोध गरेँ । पढ्दै गरेकाले छोरा हजुरआमासँगै बस्यो । भालिपल्ट श्रीमतिलाई भने आफ्नै साथमा ल्याएँ ।’ त्यसपछि कान्छी र सनी भाडामा बस्दै आए । उनीहरु सँगै बस्न थालेको दुई महिनाजति भएको थियो ।

पुस २२ गते सँधैंझै सनी कामबाट साँझ घर फर्किए । कान्छीले खाना पकाइरहेकी थिइन् । उनले शरीर थाकेकाले मदिरा सेवन गरेर मात्रै खाना खाने निधो गरे । पत्नीलाई मदिरा ल्याउन लगाएर खान बसे । मदिराखाइसकेपछि दुवै परिवार खाना खान बसेका थिए । ‘हामी भर्खर खाना खान लागेका थियौं । कान्छी एक्कासी बाहिर गइन् ।

खाना पस्किन छाडेर तीन÷चारपटक भित्र बाहिर गरेपछि मलाई शंका लाग्यो र बाहिर हेर्न गएँ’ सनीले प्रहरीसँगको बयानमा भने । बिरामी भइन् की भन्ने आशंकाले बाहिर निस्कका सनीले घरनजिककैको खेतबारीको दृश्यले होसहवास उड्यो । ‘म सातवर्षसम्म घर नआउँदा पनि उनले अर्को बाटो रोजिनन् । मेरै पर्खाइमा रहिछिन् भन्ने लागेर निकै गौरभाम्वीत भएको थिएँ ।

तर त्यो साँझको दृश्यले मेरा सबै सपना चकनाचुर भए,’ उनले भने । सनीका अनुसार आफू बाहिर निस्केपछि गाउँकै एकजना पुरुषसँग कान्छी लिप्टीएकी थिइन् । दुबैजना एक अर्कालाई चुम्बन गरिरहेका थिए । सनी बाहिर आएको थाहा पाएपछि ती युवक फरार भए ।‘भातको थाल छाडेर बाहिर आउँदा देखिएको दृश्यले मैले आफूलाई सम्हाल्न गाह्रो भो ।

कान्छीलाई समातेर घरभित्र ल्याएँ । र हथौडाले टाउको र छातीमा प्रहार गरेर हत्या गरेँ,’ प्रहरीसँग सनीले भने । घटनालगत्तै अभियुक्त सनी कुमाललाई प्रहरीले पक्राउ गरेको थियो । उनले श्रीमतिलाई आफूले नै मारेको स्वकारीसकेका छन् । अन्नपूर्ण पोष्टबाट

Womui
Womui