जनज्योति र दुर्गा फाइनलमा

57

छिनछिन खबर

फाइनल खेल्ने जनज्योतिको टिम ।

नेपालगन्ज–क्वीक्स कप राष्ट्रिय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा कोहलपुरको जनज्योति पब्लिक हाई स्कुल र रौतहटको दुर्गा माविले पुगेका छन् । लिग चरणमा दुर्गा माविसँग पराजित भए पनि फाइनलमा राम्रो नतिजा निकाल्ने जनज्योति पब्लिक हाई स्कुल कोहलपुरका प्रशिक्षक अमृत केसी बताउँछन् । शुक्रबार प्रतियोगिताको सेमिफाइनलमा जनज्योतिले सुनसरीको ज्वालामुखी सेकेन्डरी स्कुललाई ३–० ले पराजित गरेको थियो । जनज्योतिकी रोजी सुवेदी, एलिसा थापामगर र सुस्मिता शाहले गोल गरेका थिए ।
जनज्योति बाँके जिल्ला लिग, ५ नम्बर प्रदेश लिग खेल्दै प्रतियोगिताको फाइनल चरणमा पुगेको हो । प्रदेश लिगमा जनज्योतिले दाङको फातिमा माविलाई २–० ले हराएको थियो ।
दुर्गाका केही खेलाडीले फाइनल खेल्न प्रतियोगिता नखेल्ने भएपछि प्रतियोगिताको कप जनज्योतिले नै उचाल्ने प्रशिक्षक अमृतले ठोकुवा गरे ।
आइतबार हुने फाइनल प्रतियोगिता विजयीले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रूपैयाँ पाउनेछ । तेस्रो हुने टोलीले ७५ हजार, चौथोले ५० हजार रुपैयाँ पाउने आयोजक अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ । बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाहीले प्रतियोगितामा बाँकेको टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्ने अपेक्षा लिएको बताए ।

फाइनल खेल्ने जनज्योतिको टिम ।

Womui
Womui