स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई अदालतको आदेश

38

छिनछिन खबर
काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आइतबार डाक्टरलाई बयानका लागि झिकाउने आदेश दिएको हो । साथै प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका कर्मचारीलाई पनि झिकाउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । अदालतले बलात्कार प्रयासको घटनाको घटना विवरण कागज गर्नेहरुलाई पनि बयानका लागि झिकाउने आदेश अदालतले दिएको छ । संसद सचिवालयकी महिला कर्मचारीले महरामाथि आफूलाई बलात्कार प्रयास गरेको भनी जाहेरी दिएकी थिइन् । तर पछि उनले अदलालतसमक्ष नै महराले आफूमाथि बलात्कार प्रयास नगरेको भनी बयान दिएकी थिइन् ।

Womui
Womui