अमेरिका–इरान द्वन्द्वः नेपालीको सुरक्षा गर्न समिति गठन

51

छिनछिन खबर
काठमाडौं– अमेरिका र इरानबीच युद्धको अवस्था सृजना भए नेपालीहरुलाई तत्काल उद्दार गरिने भएको छ । सरकारले नेपालीहरुको सुरक्षाका लागि विभिन्न निकायबीच समन्वय समिति गठन गर्ने भएको हो ।

परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम, विद्यमान सुरक्षा स्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूको अवस्थाका विषयमा छलफल गरिएको थियो । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायतका प्रतिनिधि उपस्थित रहेका थिए। सोही निकाय समावेश गरेर समिति गठन गरिने भएको हो ।
Womui
Womui