छिनछिन खबर
काठमाडौं–नेपालमा सन् २०१८ को तुलनामा २०१९ मा १० अर्ब रुपैयाँ भन्दा बढी विदेशी लगानी घटेको छ ।
उद्योग विभागका अनुसार सन् २०१८ मा ५२ अर्ब १८ करोड ६५ लाख ४६ हजार ४९५ रुपैयाँको विदेशी लगानीको प्रतिवद्धता आएकोमा सन् २०१९ मा यो रकमको प्रतिवद्धता घटेर ४२ अर्ब ८३ करोड ९० हजार ३८६ रुपैयाँमा झरेको छ । त्यस्तै, सन् २०१८ मा कुल ४३० वटा कम्पनीमार्फत् विदेशी लगानीको प्रतिवद्धता आएकोमा सन् २०१९ मा जम्मा ३०५ वटा कम्पनीमा सीमित भएको हो ।
सन् २०१९ मा सबैभन्दा बढी लगानी पर्यटन क्षेत्रमा देखिएको छ । भने अन्य क्षेत्रमा लगानी घटेको छ । सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मार्फत विदेशी लगानीको न्यूनतम सीमा तोक्दै ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । जसका कारण यसअवधिमा साना लगानीकर्ताको आकर्षण घटेको देखिन्छ ।
नेपालमा विदेशी लगानीको न्यूनतम सीमा बढी भएकाले विदेशी लगानीमा कमी आएको धेरैको आँकलन छन् । अन्तर्रा्ष्ट्रिय स्तरमा हेर्ने हो भने दक्षिण कोरिया र जापानमा विदेशी लगानीको न्यूनतम सीमा ५० लाख रुपैयाँदेखि माथि छ । छिमेकी मुलुक चीन, भारत, भूटान र बंगलादेशमा पनि क्षेत्र अनुसार फरक–फरक सीमामा विदेशी लगानी स्वीकृत गरिन्छ ।