शिक्षक लाइसेन्सको ७५ प्रतिशत कापी परीक्षण सकियो, कहिले प्रकाशन होला नतिजा ?

108

छिनछिन खबर
काठमाडौं– शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा अन्तर्गत माध्यमिक तहको उत्तरपुस्तिका परीक्षणको कार्य अन्तिम चरणमा पुगेको छ । माध्यमिक तहको ७५ प्रतिशत बढी उत्तरपुस्तिकाको परीक्षण कार्य सकिएको शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । उनका अनुसार यही पुस महिनाभित्रै मावि तहको उत्तरपुस्तिका परीक्षण सकिने र माघमा नतिजा प्रकाशित हुनेछ । आयोगले काठमाडौंमा २ र ललितपुरमा २ गरी ४ केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिरहेको छ ।

चारओटै केन्द्रमा हाल २ सय बढी परीक्षकले कापी परीक्षण गरिरहेका छन् । अब केही दिन भित्रै प्राथमिक तहको पनि कापी परीक्षण शुरु गरिने गौतमले बताए । प्राथमिक तहको कापीको कोडिङ गर्ने काम सकिएको छ । गएको असोजमा भएको शिक्षक लाइसेन्स परीक्षामा प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएका थिए ।

Womui
Womui