भलिबललाई नै राष्ट्रिय खेल बनाउने संसदीय समितिको निर्णय

112

छिनछिन खबर
काठमाडौं– संघीय संसद्को महिला, शिक्षा तथा स्वास्थ्य समितिले भलिबललाई नै राष्ट्रिय खेलको मान्यता दिनपर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद विकास विधेयकबारे छलफल गर्दै समितिले भलिबललाई नै राष्ट्रिय खेल बनाउने निर्णय गरेको समिति सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय सभामा प्रस्तुत राष्ट्रिय खेलकुद विकास विधेयक प्रतिनिधि सभा हुँदै थप छलफलका लागि समितिमा पठाइएको थियो । उक्त विधेयक पुनः राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभामा छलफलका लागि जानेछ । प्रतिनिधि सभाले पास गरेपछि त्यसले ऐनको रुप लिनेछ । २०७४ साल जेठ ८ गतेको मन्त्रिपरिषद् बैठकले भलिबलाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।

त्यहीबेलादेखि नेपाल भलिबल संघले जेठ ८ लाई भलिबल दिवसका रुपमा मनाउँदै आएको छ । अब भने कानुन बनाएर नै भलिबललाई राष्ट्रिय खेल बनाउन थालिएको हो ।

Womui
Womui