कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवारको नाम (सूचीसहित)

133

छिनछिन खबर
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १६ उम्मेदवारको नाम टुंगो लगाएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १७ को प्रयोजनका लागि शनिबार कांग्रेसले उम्मेदवार चयन गरेको हो ।
उम्मेदवारहरुको नामावली
प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता
प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला
प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक÷अपाङ्गता
प्रदेश नं. ६
१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला
प्रदेश नं. ७
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला

५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ ।

Womui
Womui