राष्ट्रिय जनगणनाको तयारीः साढे ४ अर्ब खर्च र ५५ हजारलाई २ महिना काम

158

छिनछिन खबर
काठमाडौं– १२ औँ राष्ट्रिय जनगणनाको तयारी सुरु गरिएको छ । नेपालमा हरेक १०÷१० वर्षमा जनगणना हुने गरेको छ । २०७८ मा हुने राष्ट्रिय जनगणनामा ४ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने भएको छ । त्यस्तै ५५ हजारले रोजगारी पाउने छन् ।

जनगणनामा सुपरिवेक्षण, गणकलगायतका जनशक्ति परिचालन गरिनेछ । सुपरिवेक्षण र गणक करारमा नियुक्त गरिनेछ केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २०७८को जेठ र असारमा जनगणना गर्ने कार्यतालिका बनेको छ । अब हुने जनगणनामा शिक्षकको ठाउँमा अन्यलाई परिचालन गर्ने विभागको तयारी छ । यसअघिका जनगणनामा शिक्षक सहभागी हुने गरेका थिए ।

विभागले राष्ट्रिय जनगणनाको नमूना जनगणना विभिन्न १४ जिल्लामा गर्नेछ । नमूना जनगणना भने आउँदो माघ १ गतेदेखि ३ महिनासम्म सञ्चालन गर्दैछ । नमूना जनगणनाका लागि सुपरिवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी १ सय २२ जना जनशक्ति परिचालन गर्ने विभागले जनाएको छ ।

हरेक जिल्लामा जनगणनाका लागि एक एक वटा कार्यालय राख्ने तयारी छ । यस पटकको जनगणनाको क्रममा सात प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहमा छलफल गरी त्यहाँबाट आएका विचारलाई समेट्ने विभागको तयारी छ ।

Womui
Womui