रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक समुहको उम्मेदवार घोषणा

140

नेपालगन्ज, पुस १८-
आगामी माघ ११ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी ब्यवसायी समुहले आफ्नो उम्मेदवार घोषणा गरेको छ । उक्त समुहले नेपालगन्जमा शुक्रबार एक समारोहका बीच उम्मेदवारको नाम घोषणा गरेको हो । ललितकुमार रौनियारको नेतृत्वमा सो समुहले उद्योग उपाध्यक्षमा तपेन्द्र बिक्रम शाह र वाणिज्यतर्फको उपाध्यक्षमा अमित बस्नेत तथा सदस्यमा अजयकुमार टण्डन, सुनिल सिंघल, बिन्दु चर्तीमगर, टंकप्रसाद शर्मा, टेकबहादुर खड्का, मख्खनबहादुर धामी, तेजनारायण कँडेल, बदरुद्धिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, दिपेन्द्रराज श्रेष्ठ, सन्तोषकुमार बैश्य र सुरेन्द्रसिंह सरदारको नाम घोषणा गरेको हो । घोषणा समारोहमा अध्यक्ष पदका उम्मेदवार रौनियारले आफ्नो टिम निर्वाचित भएपछि समग्र उद्योगी, ब्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए ।

आफुले चुनावमा गरेका प्रतिवद्धता पुरा गराएरै छाड्ने उनले बताए । सो क्रममा प्रदेश पाँचका सांसद एवम् जडिबुटी ब्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहम्मद याकुव अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, संघका पुर्व अध्यक्ष तथा महासंघका पुर्व केन्द्रिय सदस्यद्धय सुनिलकुमार शर्मा र अच्युत प्रसाई, चेम्बर अफ कर्मस बाँकेका अध्यक्ष सतिशकुमार अग्रवाल, अग्रज उद्योगी, ब्यवसायी लगायतको उपस्थिती रहेको थियो । यसअघि समावेशी प्यानलले पनि अब्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्वमा आफ्नो उम्मेदवारको नाम घोषणा गरिसकेको छ । उद्योगी, ब्यापारीको चुनावले नेपालगन्ज तात्तेको छ ।

Womui
Womui