जिल्ला सहकारीको २८ औं साधारण सभा

333

नेपालगन्ज, पुस १८-
जिल्ला सहकारी संघ बाँकेले २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बाँकेको नेपालगञ्जमा शुक्रबार सम्पन्न जिल्ला सहकारी संघको २८ औं वार्षिक साधारण सभाको उद्घाटन बाँके क्षेत्र नम्बर ३ ‘क’ प्रदेश सभा सदस्य ईन्द्रप्रसाद(आईपी) खरेलले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य खरेलले राजनीतिक परिवर्तन भएसँगै जनताको आर्थिक स्तरमा परिवर्तन ल्याउनका लागि सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

साथै उनले नेपाल सरकारले लिएको ‘समृद्व नेपाल, खुशी नेपाली’ को नारालाई पुरा गर्नका लागि सहकारीहरु नै प्रमुख क्षेत्र भएको बताउँदै जनताको जीवनलाई आर्थिक रुपमा सहज बनाउन सहकारीहरु लागि पर्नुपर्ने बताए । सहकारीको अवधारण कम्युनिष्टसँग मिल्दोजुल्दो भएकाले वर्तमान सरकारले सहकारी अभियानलाई प्रभावकारी बनाउनका लागि विशेष नीति लिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदीले जिल्ला सहकारी संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५÷०७६ मा संघको शेयर पूँजी २१ लाख ४९ हजार, निक्षेप संकलन २ करोड ७९ लाख, ऋण लगानी २ करोड ९ लाख, कुल मुनाफा १ लाख २० हजार रहेको जानकारी दिए ।

Womui
Womui