उखु किसानको रकम पुस २५ भित्र भूक्तानी दिन कनौडियालाई कांग्रेसको निर्देशन

47

छिनछिन खबर
काठमाडौं–नेपाली कांग्रेसले उखु किसानको पैसा एक साताभित्र भूक्तानी दिन आफ्ना सांसदलाई सार्वजनिक सुचना जारी गरेको छ । चिनी मिलका मालिक तथा प्रदेश नम्वर ५ का सांसद विरेन्द्र कनौडियालाई पुस २५ गतेभित्र उखु किसानको रकम तिर्न कांग्रेसले उर्दी जारी गरेको छ ।


६ बर्षदेखि चिनी मिलले उखु किसानको रकम नदिएपछि काठमाडौंको माइतिघरमा पीडितहरुले धर्ना दिइरहेका छन् । उखु किसानको रकम ठगी गर्नेमा कांग्रेस सांसद कनौडिया पनि छन् । उनलाई पुस २५ भित्र उखु किसानको रकम भूक्तानी गर्न कांग्रेसले निर्देशन दिएको छ ।

‘ विरेन्द्र कनौडिया, सांसद ,प्रदेश ५ । उखु किसानलाई पुस २५ भित्र रकम भुक्तानी गरेर सो को जानकारी केन्द्रीय कार्यालयलाई गराउनु हुन, यहाँलाई सार्वजनिक सूचना जारी गरिएको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।

Womui
Womui