नेकपाले टुंगो लगायो राष्ट्रिय सभा सदस्यका उम्मेदवार

74

छिनछिन खबर
काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा) ले राष्ट्रिय सभाका रिक्त १८ पदमध्ये १६ स्थानमा प्रतिष्पर्धा गर्ने उम्मेदवारको नामावली टुंगाएको छ । दुई दिनसम्म चलेको सचिवालय बैठकले ९ माघमा हुने निर्वाचनमा प्रदेश २ मा राजपासँग सहकार्य गर्दै सो प्रदेशका दुई स्थानमा राजपाका उम्मेदवारका लागि छाडेको छ ।

नेकपाले सार्वजनिक गरेका उम्मेदवार भने प्रतिनिधि सभाको निर्वाचन हारेकादेखि प्रतिनिधि सभाकै समानुपातिक सूचीमा नाम भएकासम्म छन् । नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने, जगप्रसाद शर्मा, गोपी अछामी सुमित्रा बिसी, मायाप्रसाद शर्मा, वेदुराम भुसाल र गंगा वेलवासेलाई उम्मेदवार बनाएको छ । नेकपाका १६ उम्मेदवारमध्ये ९ जना तत्कालीन नेकपा एमाले निकट र ७ जना तत्कालीन नेकपा माओवादी केन्द्र निकटका नेता हुन् ।

Womui
Womui