डुडुवामा आमा समुहलाई जिम्मेवार बनाइने

188

नेपालगन्ज, पुस १८-
बाँकेको डुडुवा गाउँपालिकामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आमा समुहलाई परिचालन गरि सक्रिय बनाइने भएको छ । गाउँपालिका अन्र्तगत संस्थागत सुत्केरीलाई प्रभावकारी बनाउन प्रोटकल अनुसार नियमित गर्भवती जाँच गराउनेलाई प्रोत्साहन गर्ने, खोप सेवा, स्वास्थ्य शिक्षा, परिवार नियोजन जस्ता विभिन्न सेवाहरुलाई प्रभावकारी बनाउन आमा समूहलाई परिचालन गरिने भएको हो ।

गाउँपालिकामा ५९ वटा आमा समुहहरु रहेका छन । गाउँपालिकाले २०७८ सालसम्म घरमा बच्चा जन्माउने कार्यलाई शुन्यमा झार्ने अभियान अन्र्तगत संस्थागत सुत्केरीको कार्यलाई विशेष जोड दिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । गाउँपालिका स्वास्थ्य शाखाले शुक्रबार आयोजना गरेको प्रथम एकिकृत चौमासिक समिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले गाउँपालिकाको स्वास्थ्य सेवालाई प्रभावकारी तथा सुदृढ बनाउनमा आमा समुहको भूमिका महत्वपुर्ण भएको भन्दै स्वास्थ्य सेवा अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा खोप, संस्थागत सुत्केरी, परिवार नियोजन, पोषण, टिबी, स्वास्थ्य सरसफाई लगायतका बारेमा व्यापक छलफल तथा समिक्षा गरि आएका समस्यालाई समाधान गर्न समुदायस्तरमा तथ्याक संकलन गरि त्यसका आधारमा कार्ययोजना निमार्ण गर्ने स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म ४ सय महिलाहरु स्वास्थ्य संस्थामा सुरक्षित बच्चा जन्माएका छन, भने त्यसमा ४६ जनाले घरमै बच्चा जन्माएको तथ्याक छ । समिक्षा कार्यक्रममा गाउँपालिका वडा नम्बर १ देखि ६ सम्म रहेका बिभिन्न स्वास्थ्य संस्थाका इन्चार्जहरुले आ-आफ्नो प्रगति प्रतिबेदन प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताल लगायतले बोलेका थिए ।

Womui
Womui