कार्यकर्तालाई प्रशिक्षण दिदै समाजवादी पार्टी

64

नेपालगन्ज, पुस १७-
सरकारबाट भर्खरै बाहिरिएको समाजवादी पार्टीले यतिबेला कार्यकर्ता प्रशिक्षणलाई निरन्तरता दिएको छ । उक्त पार्टीको प्रदेश पाँच स्तरिय प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको हो । उक्त प्रदेश अन्र्तगत पर्ने बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमका गरी ६ जिल्लाका अगुवा नेता, कार्यकर्तालाई प्रशिक्षण दिइएको हो ।

समाजवादी पार्टीमा प्रवेश गरेका सुनिल गुप्ता लगायत ।

प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथी रहेका थिए । प्रशिक्षणमा पार्टीको प्रशिक्षण विभाग प्रमुख हेमराज राई, उपप्रमुख डम्बर खतिवडा, विभागका सदस्य मनिका कार्की, नारायण खनाल लगायतले सहजीकरण गरेका थिए । सो क्रममा प्रदेश पाँचका ६ जिल्लाका अगुवा नेता, कार्यकर्ताको सहभागिता रहेको केन्द्रिय सदस्य हिक्मत बिकले जानकारी दिए । यसअघि बुटवलमा पनि यस्तै खालको प्रशिक्षण आयोजना गरिएको उनले बताए ।

सो क्रममा विभिन्न पार्टी परित्याग गरेर ३ जना समाजवादी पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश हुनेमा नेपालगन्जका सुनिल गुप्ता, कोहलपुरका चुडामणि ढकाल र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरका नन्दराम बर्मा रहेका छन् । बर्मा तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडा नम्बर २० को वडासदस्य हुन् ।

Womui
Womui