कर्णाली  नदीमा जीप खस्यो, चार जनाको मृत्यु

224

छिनछिन खबर
बाजुरा, पुस १७ । बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । से १ ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

४ जना मध्ये गाडी चालक तथा मालिक गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ । जीप ५ सय मिटर माथिबाट नदिमा खसेको छ । घटना भएको खबर पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेका थिए ।

आधा घण्टाको दुरीमा पिलिचौर इलाका प्रहरी कार्यलय रहेको छ । प्रहरीका अनुसार जीपमा ९ जना यात्रु सवार रहेकोमा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको र बेपत्ता एक यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Womui
Womui