काश्मीर भीडन्तमा मारिनेमा गोरखाका अर्जुन थापामगर पनि

130

छिनछिन खबर
काठमाडौं–जम्मु काश्मीरमा पाकिस्तानी सेनासँग भएको गोली हानाहानको क्रममा एक नेपालीको पनि मृत्यु भएको छ । उनी भारतीय सैनिक जवान हुन् । पाकिस्तासँगको भीडन्तमा दुईजना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ वर्षको सुरुवातकै दिनमा पाकिस्तानका तर्फबाट प्रहार गरिएको गोली लागेर गोरखा घर भएका नेपाली युवा अर्जुन थापामगर र नायक सन्दीप रघुनाथको मृत्यु भएको थियो । रघुनाथ महाराष्ट्र निवासी हुन् भने अर्जुन गोरखाका भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । रक्षा प्रवक्ताले दुवै युवा बहादुर, उच्च मनोवल भएका र इमान्दार भएको बताएका छन् ।

Womui
Womui