राष्ट्रियसभामा गठबन्धन गर्न कांग्रेस –समाजवादी पार्टीको छलफल शुक्रबार

107

 छिनछिन खबर 
काठमाडौं, पुस १७ । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले समाजवादी पार्टी नेपालसँग गठबन्धन गर्ने तयारी गरेको छ । राष्ट्रिय सभाका रिक्त पदमा माघ ९ गते चुनाव हुँदैछ । समाजवादीसँग गठबन्धन गरेर अघि बढ्न शुक्रबार छलफल राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उपेन्द्र यादव नेतृत्वमा केपी शर्मा ओली सरकारमा रहेको समाजवादी पार्टी हालै सरकारबाट बाहिरिएको थियो ।

केन्द्रीय परिषद् अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एक साताअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभामा गठबन्धन गरेर जाने प्रस्ताव गरेका थिए । कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

Womui
Womui