८ सहसचिवको सरुवा (को कहाँ) ?

149

छिनछिन खबर
काठमाडौं–सरकारले ८ सह(सचिवको सरुवा गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसिचव डा.रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सहसचिव शिवराम न्यौपानेलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।

श्रम मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा नारायण रेग्मीलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सरुवा गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्र शर्मा र उद्योग मन्त्रालयका रामचन्द्र ढकाललाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई काठमाडौं महानगरपालिकामा सरुवा गरिएको छ ।

अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागमा रहेकी मनमाया पंगेनीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । कृषि मन्त्रालयका रघुराम विष्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

Womui
Womui