कुटपिट घटनाको चौतर्फी भत्र्सना, पत्रकार ओलीलाई पनि आक्रमणको प्रयास

127

नेपालगन्ज, पुस ८-
कोहलपुरमा क्रियाशिल पत्रकार संगिन शर्मामाथी भएको कुटपिटको घटनाप्रति बाँकेस्थित पत्रकारका संघ, संगठनले भत्र्सना गरेका छन् । पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य तथा काँचुली खबर अनलाईनका कार्यकारी सम्पादक शर्मामाथी आईतबार बेलुका कोहलपुरमा कुटपिट भएको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेश नम्बर ५ कमिटी सदस्य पुजन विश्वकर्माको निर्देशनमा आफु कुटिएको शर्माले आरोप लगाएका छन् ।

उक्त घटनाको नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेस युनियन, ठकुरी पत्रकार संघ, क्रियाशिल पत्रकार समुह कोहलपुर लगायत पत्रकारका संघ, संगठनले भत्र्सना गरेका हुन् । महासंघ बाँकेका सचिव तिलक गाउँले, युनियन सचिव अर्जुन ओली, ठकुरी पत्रकार संघका महासचिव बिजय मल्ल तथा क्रियाशिल पत्रकार समुह कोहलपुरका सचिव रामबहादुर रावतले छुट्टा छुट्टै बिज्ञप्ती जारी गरेर भत्सर्ना गरेका हुन् । शर्मा माथी आक्रमण गर्ने ब्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न र पीडित पत्रकारलाई न्याय दिलाउन माग गरिएको छ । पत्रकार महासंघले उक्त घटनाको छानविन गर्न सचिव गाउँलेको संयोजकत्वमा छानविन समिति समेत बनाएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता खिलप्रसाद भुसालले पत्रकार कृष्ण ओलीलाई पनि आक्रमणको प्रयास भएको छ । पत्रकार शर्मामाथी भएको कुटपिटको घटना पश्चात न्याय माग्न ईलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेका बेला पत्रकार ओलीलाई नेता भुसालले दुब्र्यबहार गर्दै आक्रमणको प्रयास गरेका हुन् । पत्रकार ओलीलाई दुब्र्यबहार तथा आक्रमणको प्रयास गर्ने भुसाललाई पक्राउ गरी कानुनी कारबाही गर्न बाँकेका पत्रकारले माग गरेका छन् ।

Womui
Womui