अर्को वर्ष कांग्रेसको महाधिवेशन गर्न देउवा तयार

93

छिनछिन खबर
काठमाडौं–नेपाली कांग्रेसको पौडेल–सिटौला समुहले निरन्तर बैठक बहिष्कार गरेपछि सभापति शेरबहादुर देउवा अर्को वर्ष महाधिबेशन गर्न तयार भएका छन् । देउवा निकट स्रोतका अनुसार २०७७ साल फागुन १५ गते १४ औं महाधिवेशन गर्नेगरी देउवा सहमत भएका हुन् ।


‘२०७७ साल फागुन १५ गते १४ औं महाधिबेशन गर्ने गरी सभापतिले बनाएको खाका आगामी बैठकमा राख्ने तयारी गरिएको छ’ देउवा निकट एक नेताले भने ‘केन्द्रीय समितिको गतिरोध हटाउन सभापतिले महाधिबेशनको कार्यतालिका बनाउनु भएको छ ।’ नेपाली कांग्रेसको विधानअनुसार आगामी फागुन १९ गते वर्तमान केन्द्रीय समितिको कार्यकाल सकिँदैछ । तर देउवाले एक बर्ष थप्न मिल्ने विधानको व्यवस्थालाई उपयोग गर्दै २०७७ साल फागुन १५ लाई महाधिवेशनको मिति बनाउने भएका छन् ।

Womui
Womui