यो वर्षको एसइई परीक्षा चैत ६ देखि

68

छिनछिन खबर
काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ६ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै २०७६ चैत्र ६ गते (बिहीबार) देखि एसइईको परीक्षा सुरु हुने जानकारी दिएको हो । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।

चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । ७ गते शुक्रबार अनिवार्य नेपाली हुनेछ भने गैर नेपाली विद्यार्थीका लागि अंग्रेजी विषयको परीक्षा हुनेछ । यस्तै चैत्र ९ गते आइतबार अनिवार्य गणित, १० गते सोमबार अनिवार्य विज्ञान तथा वेदविद्याश्रमतर्फ भने अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुनेछ ।

यस्तै, चैत्र ११ गते मंगलबार अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ भने, प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्के्टिङ÷इनिजनियरिङ ड्रइङ÷कम्प्युटर रिपेयर एण्ड मेन्टिनेन्स, वेसिक म्युजिक हुनेको परीक्षा हुने सूचनामा उल्लेख गरिएको छ । १२ गते बुधबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक प्रथमका सबै विषयहरु, १४ गते ऐच्छिक दृतीयतर्फका सबै विषयको परीक्षा हुनेछ । १५, १६ र १९ गते प्राविधिकतर्फका विभिन्न अभ्यास परीक्षा हुनेछन् ।

Womui
Womui