विवाद मिलाउन देउवा पुगे पौडेल निवास

426

छिनछिन खबर
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवाद सामधानको प्रयास थालेका छन् । पार्टीभित्रको विवाद मिलाउन सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा समेत पुगेका छन् ।

महाधिबेशनको कार्यतालिकालाई लिएर वरिष्ठ नेता पौडेल समुह असन्तुष्ट भइरहेको बेला सभापति देउवा पौडेललाई मनाउन पहल गरेका हुन् । शुक्रवार देउवा निवास बुढानीलकण्ठ र पूर्वमहामन्त्री प्रकाशमान सिंहको घरमा छुट्टा–छुट्टै कांग्रेसको गुट भेला बसेको थियो । छलफलपछि वार्ता र सहमतिका साथ अघि बढ्ने निर्णय दुई नेताले गरेका छन् ।

कांग्रेसभित्र देखिएको विवाद समधानका लागि पौडेल पक्षले प्रकाशमान सिंहको नेतृत्वमा दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी रहेको समिति बनाएको छ भने संस्थापन पक्षबाट विमलेन्द्र निधिको नेतृत्वमा वार्ता समिति गठन गरेको छ ।

Womui
Womui