प्रहरीको परीक्षामा २२ नक्कली परीक्षार्थी

51

छिनछिन खबर
सुर्खेत–प्रहरी जवानको लिखित परीक्षामा २२ नक्क्mली परीक्षार्थी फेला परेका छन् । शनिबार भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका पाइएपछि २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तका अनुसार श्रीकृष्ण संस्कृत तथा साधारण मावि परीक्षा केन्द्रबाट १८ जना, इगरब्रिज माविबाट दुई जना र सुर्खेत क्याम्पस (शिक्षा) बाट दुई नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui