धनुषामा बम बिस्फोट, प्रहरी निरीक्षक अमिर दाहालसहित तीनको मृत्यु

37

छिनछिन खबर
काठमाडौं– धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति बम विस्फोट भएको छ । विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका २४ वर्षीय छोरा आनन्द साहको रहेको एसपी राजेन्द्र चौधरीले जानकारी दिए । सोही विस्फोटमा परी अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली रहेका छन् । शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो ।

बम राखेको भएको हल्ला चलेपछि उक्त वस्तु बम हो वा होइन भनी जाँच्न इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको थियो । बम कसले फालेको हो भन्नेबारे अहिलेसम्म यकिन भएको छैन ।

Womui
Womui