सकियो १३ औँ साग, नेपाल दोस्रो स्थानमा, कुन देशलाई कति पदक ? (सूचीसहित)

90

प्रनिल खड्का
काठमाडौँ– १३ औ दक्षिण एसियाली खेलकुद (साग) १० दिनसम्म चलेर मंगलबार समापन भएको छ । ‍१३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । यसअघिका सागमा नेपालले यति धेरै संख्यामा स्वर्ण जितेको थिएन ।

प्रतियोगितामा २७ वटा खेल समावेश गरिएका थिए । आयोजक नेपालले सबै खेलमा प्रतिस्पर्धा गरेको थियो । सागमा नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दोमा जितेको छ । तेक्वान्दोमा १२ वटा स्वर्ण र जुडोमा १० वटा स्वर्ण जित्न सफल भएको छ । यस्तै, नेपालले ६० रजत र ९६ कांस्य गरी कूल २ सय ६ वटा पदक जितेको छ । प्रतियोगितामा पहिलो भएको भारतले १७४ वटा स्वर्ण, ९३ रजत र ४५ कांस्य सहित कुल ३१२ वटा पदक जित्न सफल भयो ।

श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ वटा कांस्यसहित २५१ वटा पदक जितेको छ । पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ वटा कांस्य, बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य, माल्दिभ्सले १ स्वर्ण र ४ वटा कांस्य जितेको छ, भने भुटानले एउटा स्वर्ण पनि हात पार्न सकेन् । भुटानले ७ रजत र १३ कास्य गरी कुल २० पदक हात पा¥यो ।

Womui
Womui