कोहलपुरको जनजीवन सामान्य अवस्थामै फर्कियो

122

कोहलपुर, मंसिर २४-बिद्यार्थीलाई ट्रकले किचेर घाईते बनाएपछि तनावपुर्ण बनेको कोहलपुरको जनजीवन मंगलबारबाट सामान्य अवस्थामा फर्केको छ । दुई दिनसम्म तनावमा रहेको कोहलपुर घटनाबारे सर्बपक्षिय र सर्बदलिय सहमती पश्चात मंगलबार बिहान ‘सद्भाव तथा शान्ति’ र्याली निकालेपछि जनजीवन सामान्य बनेको हो । र्यालीमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित कोहलपुरमा रहेका उद्योगी, ब्यापारी, नागरिक समाज, शिक्षक, बिद्यार्थी, सर्बसाधारण लगायतको सहभागिता रहेको थियो ।

बालिकालाई ट्रकले ठक्कर दिएको घटनास्थल त्रिभुवन माध्यामिक बिद्यालय अगाडीबाट सुरु भएको सद्भाव तथा शान्ति र्याली कोहलपुर चौराहामा पुगेर समापन भएको थियो । जनजीवन सामान्य बनेपछि मंगलबार ब्यापार, ब्यवसाय, शिक्षण संस्था तथा यातायात साधन चलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) शिव सिंहले कोहलपुरको जनजीवन सामान्य बनेको बताए ।

कोहलपुरबाट नेपालगन्जतर्फ गुडिरहेको ना२ख ९४५९ नम्बरको ट्रकले आइतबार बिहान त्रिभुवन माध्यामिक बिद्यालय कोहलपुरको कक्षा ७ मा अध्ययनरत १२ बर्षिया प्रकृति चन्दलाई किचेर घाईते बनाएको थियो । घटनापछि आक्रोशित भएका बिद्यार्थी तथा स्थानीयले ट्रकमा आगजनी गर्नुका साथै करिव डेढ दर्जन सवारी साधनमा तोडफोड गरेका थिए । प्रहरीले स्थिती नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा २० भन्दाबढी बिद्यार्थी र स्थानीय तथा आन्दोलनकारीको ढुंगा प्रहारबाट एक दर्जनबढी सुरक्षाकर्मी पनि घाईते भएका थिए ।

Womui
Womui