प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक धुम्बाराहीमा

67

छिनछिन खबर
काठमाडौँ, मंसिर १८ । चुनावी समीक्षा र पार्टीको सांगठानिक एकीकरणको बाँकी कामबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार प्राप्त गरेपछि पहिलोपटक बैठक बोलाएका हुन् ।बिहान ९ बजेदेखि पार्टी कार्यलय धुम्बाराहीमा सचिवालय बैठक सुरु भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ जनकारी दिए।

मङ्सिर ४ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई कार्यकारी दिने र आफुले पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमती भएपछी पहिलो पटक यो बैठक बसेको हो । प्रचण्डले यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा उपचारकाक क्रममा रहदा बैठक डाकेका थिए । त्यसयता पहिलोपटक उनले बैठकको अध्यक्षता गरेका हुन् ।बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा हुन बताइएको छ ।

Womui
Womui