बागलुङ जिप दुर्घटनामा परेका १२ जनाको सामुहिक दाहसंस्कार

142

छिनछिन खबर
बागलुङ, मंसिर १८ । मङ्गलबार विहान बागलुङको बडीगाड गाउँपालिका –७ अल्छीबाङ्गको घोपर्नामा भएको ग १ ख ५२१९ नम्बरको जिप दुर्घटनाको दृश्य अत्यन्त दुःखद थियो । जिप बडीगाड खोला किनारमा खसेको थियो छरपस्ट छरिएको शवहरुको विभत्स दृश्यले अकल्पनीय पीडा र दर्द उत्पन्न हुनु स्वाभाविक थियो । जिप दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश गुल्मी इस्माका थिए । जिप दुर्घटनामा १४ जनाको ज्यान गयो । गुल्मी इस्माका धनबहादुर कार्की अझै बेपत्ता छन् । निसीखोला गाउँपालिका–२ बायँखोलामा कार्कीहरुको कुलपूजा थियो । यसै शुभकार्यमा सरिक हुन गुल्मी इस्माबाट जाँदै थिए उनीहरु ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये १२ जनाको इस्मा गाउँपालिका–५ को हुलाकेमा सामुहिक दाहसंस्कार गरिएको बाँकी २ जनाको परिवारले शव बुझेर छुट्टै दाहसंस्कार गर्ने भएका छन् । दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।यतिबेला गाउँ शोकमा डुबेको छ । कुल पुजा गर्न हिँडेका कार्की सन्तानले एकैपटक ज्यान गुमाए । घाइतेलाई उपचारको लागि काठमाडौं लगिएको स्थानियले जानकारी दिए । घाइते ४ वर्षिया हिमाल कार्की र २४ वर्षिया निमा केसीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएको उनीहरूको उपचार भइरहेको प्रत्यक्षदर्शी बताउँछन् । दुर्घटना हुनुको कारण चालकको लार्पवाही र क्षमता भन्दा बढी यात्रु राखेका कारण दुर्घटना निम्तिएको प्रहरीको भनाइ छ ।

Womui
Womui